दफा ३०ख
दलालको दर्ता
(१) दलालको रुपमा काम गर्न चाहने तोकिए बमोजिमको योग्यता पुगेको व्यक्तिले तोकिए बमोजिम समितिमा निवेदन दिनु पर्नेछ ।
(२) उपदफा (१) बमोजिमको निवेदन प्राप्त भएपछि समितिले उक्त निवेदन उपर जाँचबुझ गर्दा इजाजत पत्र दिन हुने देखिएमा तोकिए बमोजिम दस्तूर लिई तोकिए बमोजिमको ढांचामा निवेदकलाई दलालको इजाजत पत्र दिनु पर्नेछ र इजाजत पत्र दिनु नपर्ने कुनै कारण भएमा त्यसको जानकारी समितिले निवेदकलाई दिनु पर्नेछ ।